विद्यार्थीलाई भटाभट कसले पठाउँदैछ सेक्स टोय ?

क्यानडाका विद्यार्थीहरुले धमाधम सेक्स टोय प्राप्त गरिरहेका छन् । तीन महिना यतादेखी विभिन्न १० वटा विद्यार्थी युनियनहरुको नाममा सेक्स टोय आइरहेका छन् ।

अमेजनबाट पठाउनेको नाम नै नभएका सेक्स टोय भएका पार्सल आउँछन् । अचम्म के छ भने सेक्स टोय कसैले पनि मगाएको छैन, तरपनि आउन छाडेको छैन ।

समाचारमा जनाईए अनुसार कतिपय विद्यार्थी युनियनले त अहिलेसम्म १५ भन्दा बढि यस्ता पार्सल प्राप्त गरिसकेका छन् । प्राप्त भएका सेक्स टोयहरुमध्ये कतिपय निकै महंगो मूल्यका समेत रहेको बताईको छ ।

अर्डर नै नगरी धमाधम सेक्स टोय प्राप्त भएपछि सुरुमा त विद्यार्थी युनियनहरुले सायद अमेजनले गल्ती गरेको सोँचे । तर यसरी निरन्तर रुपमा प्राप्त हुन थालेपछि भने सायद कसैले मजाक गरिरहेको सोच्दै पुलिसमा उजुरी गरिएको छ ।

ती पार्सलमा सेक्स टोयका अलवा विभिन्न खालका चार्जर, एयर फोन, लाइट बल्ब तथा आइप्याडका खोल समेत रहेका छन् ।-एजेन्सी

प्रतिक्रिया

Loading...