१ सय ३० जना श्रीमती तथा २ सय ३ जना छोराछोरीका बुबाको मृत्यु

१ सय ३० जना श्रीमती तथा २ सय ३ जना छोराछोरी भएका एक व्यक्तिको मृत्यु भएको छ । नाइजेरियाका मोहम्मद बेलो अबूबकर नामका यी व्यक्तिको गत जनवरी २८ तारेखमा ९३ वर्षको उमेरमा निधन भएको हो ।

उनले यो संसार छोड्दा सम्म कूल सन्तानको संख्या २ सय ३ थियो । तर यो संख्या अझै बढ्ने बताईएको छ । किनभने उनका केही पत्नीहरु अहिले गर्भवती छन् र निकट भविष्यमै बच्चा जन्माउनेछन् ।

पेशाले धर्मगुरु अर्थात् मौलवी रहेका अबू बकर बिहे गरिरहनु आफ्नो पवित्र मिसन भएको बताउने उनले इश्वरले बिहे गर्नकै लागि धर्तीमा पठाएको दाबी गर्थे । तर कुरानको विवादित व्याख्याका लागि पनि उनी चर्चित थिए ।

उनको दावी के थियो भने, कुनैपनि पुरुषले आफुले चाहेजति संख्यामा महिलासँग बिह गर्न सक्छ । उनका अनुसार अनुसार पुरुषले कुनै दुख विनानै जतिपनि श्रीमती सम्हाल्न सक्छ उति बिहे गर्ने हक हुन्छ ।

बकरका जिवित रहेका ८६ पत्नमध्ये तत्कालै ८४ जनासँग डिभोर्स गर्न समेत दबाब दिइएको थियो । तर उनले डिभोर्स भने गरेनन् । केही समय यता बिरामी रहेका उनको मृत्यु भएको हो । उनको अन्त्येष्टीमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका समाचार एजेन्सीले जनाएका छन् ।

प्रतिक्रिया

Loading...