‘जनताले गल्ती गर्न पाउने’ कानून पास !

फ्रान्सका नागरिकहरुले गल्ती गर्न पाउने हक पाएका छन् । त्यहाँका सांसदहरुले एउटा नयाँ कानूनमा रहेको महत्वपूर्ण धारा पारित गर्दै नागरिकलाई यस्तो हक प्रदान गरेका हुन् ।

सो प्रावधान अनुसार जनताले सरकारी मामिलामा गल्ती गर्न पाउने छन् साथै गल्ती गरेकै आधारमा सजायको भागीदार हुनुपर्ने छैन ।

मंगलबार ध्वनि मतले फ्रेन्च सदन नेशनल एसेम्बलीमा उक्त कानून पारित भएको हो । चुनावी प्रचारका क्रममा राष्ट्रपति इमानुयल म्याक्रोनले व्यक्त गरेको प्रतिबद्धता मध्येको यो एउटा कानून हो ।

यो कानून अनुसार असल नियतले गरेको पहिलो गल्तीका लागि कुनै पनि नागरिक दण्डित हुनु पर्दैन । तर असल नियतले गरे नगरेको भन्ने निधो गर्ने अधिकार भने प्रशासनमै रहने भएको छ ।

तथापी, जनस्वास्थ्यसँग सम्बन्धित लगायतका विषयमा गरिएको गल्ती चाहीँ क्षमायोग्य नहुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Loading...