विध्यार्थीले बनाएका कलात्मक वस्तु प्रदर्शनीमा

मोरङ, माघ १९
मोरङको विराटनगर–८ मा रहेको ग्रेडेड सेकेन्डरी स्कूललले खाध्य तथा फलकला प्रदर्शनीको आयोजना गरेको छ । स्कूलले त्रैमासिक परीक्षाको नतिजा प्रकाशित भएको अवसरमा विध्यार्थीका लागि अतिरिक्त क्रियाकलापको रूपमा शुक्रबार खाध्य तथा फलकला प्रदर्शनी सन्चालन गरेको हो ।

प्रदर्शनीमा कक्षा-५ देखि कक्षा-८ सम्मका ४० जना छात्र-छात्राको सहभागिता रहेको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले जानकारी दिए । प्रदर्शनीमा विध्यार्थीले आफ्नै सिर्जनात्मक क्षमताको प्रयोग गरी बनाएका कागजका कलात्मक सामग्री प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Loading...