ओरालो लाग्यो सुनचाँदीको मूल्य, यस्ताे छ अाजकाे मुल्य

काठमाडौं, माघ १६
विगत केही दिनदेखि यथावत रहेको सुनचाँदीको मूल्य आजको दिनमा आएर केहि घटेको छ । हिजोसम्म सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुन प्रति तोलामा ४ सय रुपैयाँ घट्दै ५७ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरि हिजोसम्म प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला ७ सय ५५ रुपैयाँ कायम भएको व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Loading...