विध्यार्थीद्वारा पुस्तकालयमा तालाबन्दी

 उत्तम पोख्रेल
मोरङ, माघ १५
मोरङको बेलबारीमा रहेको भगवती उच्च माविको पुस्तकालयमा विध्यार्थीले ताला लगाएका छन् । पुस्तकालय नियमित नखोलेको र शिक्षकले आफु नजिकका विध्यार्थीलाई मात्र पुस्तक दिएकाले ताला लगाएको विध्यार्थीहरूले बताएका छन् ।

पुस्तकालयमा जाँदा कहिले बन्द रहने र कहिले पुस्तक छैन भन्दै कर्मचारीले विध्यार्थीलाई फर्काउने गरकोले ताला लगाउन बाध्य भएको विध्यार्थी मनिस भण्डारीले बताए । पुस्तकालयको समस्याका विषयमा आफूहरूले पटक-पटक विध्यालय प्रशासनलाई जानकारी गराउँदासमेत प्रशासनले बेवास्ता गरेको उनले आरोप लगाए ।

यता, विध्यालय प्रशासनले समेत विध्यार्थीको माग जायज भएको बताएको छ । पुस्तकालय हेर्ने जिम्मा पाएका शिक्षकले काम नगरेकाले विध्यार्थी ताला लगाउन बाध्य भएको प्रशासनले बताएको छ । विध्यार्थीसँग छलफल गरी उनीहरूका माग सम्बोधन गर्ने विध्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले बताए । ताला उच्च माविका विध्यार्थीले लगाएका हुन् ।

प्रतिक्रिया

Loading...