fbpx

हार्ने चुनावमा किन बने जाजु उम्मेदवार ?

 
राष्ट्रियसभाको उम्मेदवारीसँगै चुनावी सरगर्मी बढेको छ । यो चुनावमा कुन-कुन उम्मेदवारले चुनाव जित्छन् भन्ने आँकलन सजिलै गर्न सकिन्छ । यो चुनावमा पनि धेरै उम्मेदवाहरू मैदानमा छन् । हार्ने निश्चित भएको चुनावमा केहि व्यक्तिहरू उम्मेदवार बनेपछि भने व्यापक चर्चा-परिचर्चा सुरु भएको छ । प्रदेश नम्बर १ को राजधानी विराटनगरका उध्योगपति महेश जाजुले अल्पसंख्यकमा उम्मेदवारी दिएपछि खास गरेर उनको उम्मेदवारीको विषयमा चर्चा सुरु भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले करिब ६७ प्रतिशत मतदाता आफ्नो पक्षमा भएका पुराना एमाले नेता, इलामका अगम बान्तवासँग प्रतिस्पर्धा गर्दैछन् । यो प्रतिस्पर्धामा कांग्रेसका करिब २७ प्रतिशत मतदाता मात्र छन् । उध्योगी-व्यवसायी नाफा नोक्सान र आफनो लाभ हेरेर मात्र यस्ता गतिविधि गर्छन् । तर पनि जाजुले किन यसो गरे भन्ने चर्चा सर्वत्र छ । २०७० सालको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसलाई ठूलो रकम चन्दा दिएको चर्चा थियो । त्यसैबेला उनको सभासद बन्ने अवस्था थियो, तर, उनी बनेनन् । बरु फोरम लोकतान्त्रिकबाट उनका व्यापारिक साझेदार पवन सारडा सभासद बन्न सफल भए ।

२०६२–०६३ को जनआन्दोलनपछि विराटनगरका उध्योगी-व्यवसायीहरू मोती दुगड,राज्यलक्ष्मी गोल्छालगायत अन्य व्यवसायी पनि सभासद भए । विराटनगरको रमपम, गुड लाइफजस्ता चर्चित ब्राण्डका चाउचाउ,बिस्कुटबाट सफल बनेका उनले ट्रेडिङ्ग व्यापारबाट पनि राम्रो कमाएका छन् । उध्योग-वाणिज्य संघका केन्द्रीय सदस्यसमेत भइसकेका उनलाई सभासद बन्ने ठुलो धोको भएको उनका निकटस्थहरू सुनाउँछन् । कोठा भित्रबाट उधोग वाणिज्य संघका चुनावी सरगर्मीमा खेल खेल्न सिपालु जाजु मिडियाहरूमा छाउन पनि रहर गर्ने व्यक्तिका रुपमा विराटनगरमा परिचित छन् । उनी कतिपय विवादमा पनि मुछिएका छन् । पछिल्लो समय करको विवादमा पनि मुछिएका थिए । तर, अहिले एकाएक उम्मेदवार बनेपछि उनका विषयमा उनी किन उम्मेदवार बने भन्ने कोणमा चर्चा सुरु भएको छ ।

उनको उम्मेदवारी यसरी विश्लेषण गर्न थालिएको छ-
पहिलो कुरा त उनी सभासद बन्न लामो समयदेखि प्रयत्नशील थिए । यसपटक पनि उनको इच्छा थियो, तर, सांसद हुने सम्भावना सकिएको थियो । पार्टीमा लगानी गरेर पनि सभासद नहुने भएपछि उनी उम्मेदवार बने । यसर्थ, पार्टीले पत्यायो भनेर बजारमा इज्जत राख्नका लागि पनि उनले उम्मेदवारी दिएको हुनसक्ने अनुमान गर्न थालिएको छ । साथै, कांग्रेसमा धेरै आंकाक्षी हुँदाहुँदै पनि पार्टीमा पहुँच भएको देखाउन पनि उम्मेदवारी आएको चर्चा छ । दोस्रो विषयमा चर्चा गर्दा, राजनीति सम्भावनाको खेल हो, ठूलो धनराशि खर्च गरेर चुनाव जित्न सकिन्छ कि, अथवा वामपन्थी पार्टीभित्र खेल्न सकिन्छ कि भन्ने हुनसक्छ ।

उम्मेदवारी दर्ता गर्दा जाजुले म सबैको साझा उम्मेदवार हुँ भन्ने प्रतिक्रिया दिए । यसले पनि चलखेलको सम्भावनालाई औँल्याउँछ । तर, त्यस्तो सम्भावना भने देखिँदैन । राष्ट्रियसभाको उम्मेदवार बनेर पराजित भएमा फेरी पनि आउने अवसरमा उनका लागि बाटो खुल्नसक्छ । हिजो हार्ने चुनावमा म उम्मेदवार बनेँ, आज जित्ने चुनावमा पनि मैले उम्मेदवार बन्न पाउनुपर्छ भनेर फेरी उनले दाबी गर्ने अवस्था आउनसक्छ किनकि फेरी दुई वर्षमा राष्ट्रियसभाको केही सदस्यमा चुनाव हुन्छ ।

चोथौ विषयमा विश्लेषण गर्दा उनी उम्मेदवार भएपछि राष्ट्रव्यापी रूपमा उनको परिचय हुनेछ । जसले गर्दा उनलाई जनतामा परिचित हुनका लागि मद्दत पुग्छ । हारेपनि उनको इज्जत बढ्ने सम्भावना हुन्छ । राष्ट्रियसभामा उम्मेदबार भएको भनेर कांग्रेसभित्र र बाहिर चर्चा हुन्छ ।

Koshi Online

FREE
VIEW