fbpx

प्रदेशसभा सदस्यको सपथ ग्रहण सम्पन्न

 मोरङ, माघ ७
प्रदेशसभा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार बिहान ११:३० बजे प्रदेश नम्बर १ बाट निर्वाचित भएका संसदहरूले वीरेन्द्र सभागृहमा सपथ ग्रहण गरेका हुन् । शुक्रबार प्रदेशप्रमुखका रूपमा नियुक्त भएका प्राध्यापक डा.गोविन्द सुब्बाले प्रदेशसभाका जेष्ठ सदस्य ओमप्रकाश सरावगीलाई सपथ ग्रहण गराएका थिए ।

प्रदेशप्रमुखबाट सपथ लिएपछि जेष्ठ सदस्य सरावगीले बाँकी ९२ जना प्रदेशसभा सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । मङ्गलबार सपथ ग्रहण गरेका सदस्यहरू केही दिनपछि जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिने प्रदेशसभाको पहिलो बैठकमा सहभागी हुनेछन् ।

सो बैठकको सभापतित्व जेष्ठ सदस्य सरावगीले गर्ने बताइएको छ । सपथ ग्रहण कार्यक्रममा ९ जना पूर्वप्रधानमन्त्रीहरूको तस्बिर र राष्ट्रपति विध्यादेवी भण्डारीको तस्बिर राखिएको थियो । पर्यटकिय क्षेत्रबारे जानकारी दिन प्रदेश नम्बर १ का धार्मिक तथा पर्यटकीय क्षेत्रको तस्बीरसमेत समारोहस्थलमा राखिएको थियो ।

प्रतिक्रिया

5 × 2 =

Loading...