fbpx

२७ वर्ष पछि आफुले पढाएको विद्यालयमा राष्ट्रपति भण्डारी

उत्तम पोख्रेल
बेलबारी / मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गईसकेकाले अब मुलुक समृद्ध बन्ने र त्यो समृद्धिलाइ कसैले रोक्न नसक्ने राष्ट्रपति बिद्यादेवी भण्डारीले बताएकी छिन ।

मोरङको बेलबारी १ मा रहेको जनता आधारभुत बिद्यालय ५० बर्ष पुगेको अबसरमा विद्यालयको स्वर्ण स्मारक उदघाटन गर्दे भण्डारीले मुलुक अब बिकास तर्फ अगाडी बढने समेत बताईन ।

उनले कार्यक्रममा सामुदायिक विद्यालयको सुधार गर्न सबै जुटनुपर्ने समेत बताईन । राष्ट्रपति भण्डारीले २७ बर्ष पछि प्रमुख अतिथि भएर आफैले पढाएको विद्यालयमा आएकी हुन् ।

बि.स २०४३ देखी २०४६ सालसम्म राष्ट्रपति भण्डारीले उक्त विद्यालयमा अध्ययन अध्यापन गराएकी थिईन । विद्यालय स्थापना भएको ५० बर्ष भईसकेको छ तर पनि विद्यालयमा अझै नि.मा.वि. भन्दा माथिको पढाई हुन सकेको छैन । उनले विगतमा उक्त विद्यालयमा पढाउदा कसैले पनि उनि तत्कालीन मालेका नेता मदन भन्डारीकी श्रीमती भनेर चिनेका थिएनन ।

तस्विर : उत्तम पोखरेल (कोशी अनलाइन)

तर उनि शनिवार २७ बर्ष पछि आउदा उनलाई हेर्नेको मात्रै होईन विद्या मिस भन्नेको समेत भिड लागेको थियो । हाल राष्ट्रपति भए पनि हाम्रा छोरा छोरीलाई पढाउने विद्या मिस भन्नेहरु धेरै आएका थिए ।

माध्यमिक विद्यालय बनाउने उदेश्यका साथ विद्यालयको पठन पाठन गर्ने उदेश्यका साथ स्वर्ण महोत्सव आयोजना गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक टेक राज मगरले बताए ।

विद्यालयमा अहिले १ सय ५० जना बढी बिद्यार्थी अध्यायनरत रहेका छन ।

प्रतिक्रिया

5 × two =

Loading...