fbpx

आफैँले पढाएको विध्यालयमा प्रमुख अतिथि भएर आउँदै राष्ट्रपति

 उत्तम पोख्रेल
बेलबारी, माघ ५
आफैँले पढाएको विध्यालयको स्वर्ण महोत्सवको स्मारक अनावरण गर्न राष्ट्रपति विध्यादेवी भण्डारी आगामी शनिबार बेलबारी आउने भएकी छन् । वि.स. २०४३ देखि २०४६ सम्म आफूले अध्यापन गरेको जनता आधारभुत विध्यालयको स्मारक अनावरण गर्न उनी आउने भएकी हुन् ।

माघ १७ गतेदेखि स्वर्ण जयन्ती मनाउने तयारीमा जुटेपनि राष्ट्रपति पूर्व आउने कार्यक्रम भएकाले ६ गतेकै लागि स्मारक आनवरण समारोह निर्धारण गरिएको स्वर्ण महोत्सव मुल समारोह समितिका सचिवालय सदस्य भीम बस्नेतले बताए । त्यही विध्यालय अर्थात् मोरङको बेलबारी-१, नक्सलबारीमा रहेको जनता आधारभुत विध्यालयले तत्कालिन नेकपा मालेका केही नेताको पहलमा सो विध्यालयमा आएकी भण्डारी तत्कालिन माले महासचिव मदन भण्डारीकी श्रीमती हुन् भनेर कसैलाई थाहा दिएको थिएन ।

पछि २०४६ सालको आन्दोलनमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन उनी पनि विध्यालय छोडेर आन्दोलनमा होमिएपछि मात्रै उनी नेता भण्डारीकी श्रीमती भएको कुरा शिक्षकहरूले थाहा पाएका थिए । अहिले विध्यालय स्थापना भएको ५० वर्ष भइसकेको छ । तैपनि विध्यालयमा अजहै निमाविभन्दा माथिको पढाइ हुँदैन ।

विध्यालयमा कक्षाकोठा र भौतिक पूर्वाधारको चरम अभाव छ । विध्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरी पठनपाठन गराउने उद्देश्यका साथ स्वर्ण महोत्सव आयोजना गर्न लागिएको विध्यालयका सहायक प्रधानाध्यापक टेकराज मगरले बताए । राष्ट्रपति आउने भएपछि विध्यालयमा रङ्ग-रोगन गर्न थालिएको छ ।

प्रतिक्रिया

3 × one =

Loading...