Rumpum

Rumpum Advertisement

आज ५ माघ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

आज ५ माघ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

विराटनगर, माघ ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विदेशी मुद्राहरुको खरिद र बिक्रि दर यस प्रकार रहेको छ।

एक साउदी रियालको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १४ रुपैयाँ छ ।

अमेरिकी डलर एकको खरिददर १ सय १ रुपैयाँ ८७ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ४७ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा तोकेको छ ।

ब्रिटिश पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा र विक्रिदर १४२ रुपैयाँ २१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ७५ पैसा र विक्रिदर २५ रुपैयाँ ९१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र विक्रिदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।

कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ८४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ८३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलरको एकको खरिददर ८१ रुपैयाँ ४३ पैसा छ भने विक्रिदर ८१ रुपैयाँ ९१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ २२ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ८१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ