fbpx

प्रदर्शनकारीको बितण्डा पछि धनकुटामा कर्फ्यु

धनकुटा, माघ ४ – धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।

हिजो मात्र सबै प्रदेशको अस्थायी राजधानी तोकिएसंगै प्रदेश नं १ को राजधानी विराटनगर तोकिएपछि सरकारलाई प्रदेश नं १ को राजधानी धनकुटा बनाउन दबाब दिदै आएका आन्दोलनकारीले चरम तोडफोड गर्न थालेपछि कर्फ्यु लगाइएको हो । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गरेका छन् ।

राजधानी बनाउने निहुँमा विगत ३४ दिनदेखि चलिरहेको आन्दोलन र हडतालले धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनको कारण कोसी राजमार्गको धनकुटामा गाडी नचल्दा भोजपुर, संखुवासभा, तेह्रथुम लगायत ठाउँका बासिन्दालाई पनि सास्ती भएको छ ।

प्रतिक्रिया

4 + fourteen =

Loading...