fbpx

अन्त्यमा प्रदेश नं १ को अस्थायी राजधानी विराटनगर नै

कोशी अनलाइन
३ माघ । सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोकेको छ जस अनुसार प्रदेश नं १ को राजधानी विराटनगर तोकिएको हो ।

बुधबार दिउँसो प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी राजधानी तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिएका छन् ।

उक्त बैठकका अनुसार प्रदेश १ को आस्थाइ राजधानी विराटनगर तोकिएको हो । त्यसैगरी प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को हेटौंडा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को रुपन्देही, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कैलालीलाई अस्थायी राजधानी तोकिएको छ ।

प्रतिक्रिया

14 + 13 =

Loading...