fbpx

जापान सरकारको ७७ लाख सहयोग मोरङको मनमोहन पोलिटेक्निकलाई

मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निक कलेजलाई जापानले ७७ लाख उपलब्ध गराउने भएको छ ।

नेपालस्थित जापानी राजदूतावासले कलेजलाई विभिन्न प्राविधिक उपकरण खरिद गर्नकालागि ७७ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

कलेजकातर्फबाट संस्थाका अध्यक्ष भरतमोहन अधिकारी र जापानी राजदूताबासका तर्फबाट काउन्सिलर तथा डेपुटी चिफ सिन्या माचीदाले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अन्तर्गत सिभिल, मेकानिकल र इलेक्ट्रिकल विभागका विभिन्न उपकरण खरिदका निम्ति जापान सरकारले उक्त रकम उपलब्ध गराउने पोलिटेक्निकका प्राचार्य डा. सुवासश्री पोखरेलले जानकारी दिए ।

सम्झौता कार्यक्रममा राजदूताबासका काउन्सिलर माचीदाले यस्तो सहयोगले नेपालमा रोजगारीका अबसरहरु सिर्जना गर्दै सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

प्रतिक्रिया

3 × one =

Loading...