कोशी अनलाइन
विराटनगर, माघ २ । फेसबुक समुह बियिंग नेपालीका युवाहरुले आज न्यानो कपडाहरु बाढेका छन् ।
बढ्दो चिसोका कारण कयौ परिवार प्रभावित भएपछी युवाहरु मिलेर न्यानो बाढौ अभियान संचालन गरेका थिए । केहि दिन राहत संकलन गरि आज उनीहरुले विराटनगर वार्ड नम्बर २ स्थित हनुमान मन्दिर परिसरका लगभग ३० परिवारलाई राहत वितरण गरेका छन् ।
समुहका अगुवा निखिल नेपालका अनुसार ३० थान ब्लान्केट लगायत न्यानो लत्ता कपडा समुहले आज वितरण गरेको थियो ।
विगतमा पनि सामाजिक कार्यमा सक्रिय बियिंग नेपाली समूह आगामी दिनमा पनि यसरि नै सामाजिक कार्यमा सक्रिय रहने निखिलले बताए ।