fbpx

विध्यार्थीका लागि शैक्षिक सामग्री वितरण

 सुनसरी, माघ १
उध्योग-वाणिज्य संघ इटहरीको सक्रियतामा आइतबार इटहरी उपमहानगरपालिका–४ मा रहेको कविर माध्यमिक विध्यालयमा अध्ययनरत गरिब परिवारका बालबालिकालाई विध्यालयको झोलासँगै आवश्यक शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।

उध्योग-वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टको पहलमा पदाधिकारीको एक टोलीले सो विध्यालयमा गई विभिन्न कक्षामा अध्ययनरत ७१ बालबालिकालाई झोला र अन्य शैक्षिक सामग्री प्रदान गरेको हो । उपाध्यक्ष विष्टले बालबालिकाले पठनपाठनका लागि विध्यालय आउँदा कपि, किताब, कलम, बोक्नसमेत कठिन भइरहेको महसुस गरेर संघले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको अवस्थाप्रति संवेदनशील हुँदै यी सामग्री उपलब्ध गराएको बताए ।

विध्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा भएको झोला तथा शैक्षिक सामग्री वितरणमा उध्योग-वाणिज्य संघका पदाधिकारी टङ्क खनाल, राजेन्द्रकेशरी घिमिरे, उमानाथ दाहाल, नवराज काफ्ले, मुना तिम्सिना, विश्व धिमाललगायतको सहभागिता रहेको थियो । झोला तथा आवश्यक शैक्षिक सामग्री वितरण कार्यक्रममा विध्यालयका प्रधानाध्यापक मीनु न्यौपानेले विध्यालयका बालबालिकाको कठिन अवस्थालाई अध्ययन गरेर झोला र अन्य सामग्री उपलब्ध गरिदिएकोमा धन्यवाद दिइन् ।

प्रतिक्रिया

Loading...