fbpx

खानेपानी उपभोक्ता समितिको चरम लापरबाही

 उत्तम पोख्रेल
बेलबारी, माघ १ मोरङको बेलबारी-२ मा राजमार्गसँगै जोडिएको थापा चौकमा एक हप्ताअघि खानेपानीको पाइप फुट्यो । तीन दिनसम्म फुटेको पाइपबाट पानी खेर गयो । तर, बजारमा भने खानेपानीको हाहाकार चलिरहेको थियो ।

उपभोक्ताले पाइप फुटेकोबारे पटक-पटक  जानकारी गराएपछि साना शहरी खानेपानी उपभोक्ता समिति बेलबारीले पाइप जोड्यो । तर, त्यो पाइप जोड्दा खनिएको खाल्डो नपुर्दा अहिले सो पोखरीमा हाँस पौडी खेल्न थालेका छन् । मुख्य राजमार्गसँगै जोडिएको चौकमा खनिएको सो खाल्डोले दुर्घटना निम्त्याउनुका साथै पानीसमेत दुषित बनाएको छ ।

खानेपानी कार्यालयले खनेको खाल्डोमा हाँसले पौडी खेलेर पानी दुषित बनाउने गरको उपभोक्ताहरूको गुनासो रहेको छ । यता, खोपानी उपभोक्ता समितका अध्यक्ष महेन्द्र सुवेदीसँग यस विषयमा कुराकानी गर्न खोज्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया

Loading...