fbpx

मकर स्नान गर्ने भक्तजनको घुइंचो

सप्तरी,माघ १
हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ । आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।

उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको नुहाउनका लागि भीड लागेको स्थानीय राजकुमार विश्वासले बताए । नुहाएपछि भक्तजनले स्थानीय मठ-मन्दिर तथा भारदहमा रहेको कंकालिनी भगवती मन्दिर र कोशी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरेको बताइएको छ ।

त्यस्तै, सिरहा जिल्लाको कमला नदीमा पनि धनुषा र सिरहाका हजारौँ हिन्दु धर्मावलम्बी आज बिहानैदेखि मकर स्नानका लागि आएको कमला सिँचाइ आयोजनाका इञ्जिनियर अरुणकुमार यादवले बताए । अहिले कमला र कोशी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ ।

प्रतिक्रिया

Loading...