fbpx

करेन्ट लागेर युवकको मृत्यु

इलाम, पुस ३०
इलाम जिल्लाको इलाम नगरपालिकामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-८ स्थित तिल्केनी बस्ने २३ वर्षीय वेदप्रसाद तामाङ्ग रहेको इलाम प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घर निर्माणको काम गरिरहेका तामाङ्गलाई विध्युतीय तारमा टाँसिएको रड समाउँदा करेन्ट लागेको हो । करेन्ट लागी गम्भीर घाइते भएका तामाङ्गलाई उपचारार्थ अस्पतालतर्फ लाने क्रममा बाटैमा उनको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Loading...