fbpx

जुवाको खालबाट नगदसहित ६ जना पक्राउ

 सुनसरी, पुस २९
इटहरी उपमहानगरपालिका-२०, तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गएराति जुवा-तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित ६ जनालाई रंगेहात पक्राउ गरिएको छ ।

प्रहरी चौकी तरहराको प्रहरी टोलीले सुराकिका आधारमा जुवा-तास खेलिरहेको अवस्थामा इटहरी-५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी-१ का ४१ वर्षीय घनश्याम न्यौपाने, इटहरी-४ का ३५ वर्षीय मिनष राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी, इटहरी-४ का ४६ वर्षीय बाबुराम लिम्बू, मोरङको सुन्दरहरैंचा-३ का ३५ वर्षीय बिपी श्रेष्ठ र सोही नगरपालिका-६ का २९ वर्षीय तीर्थ पराजुलीलाई सोही स्थानबाट जुवा-तास खेलिरहेको अवस्थामा पक्राउ गरी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Loading...