fbpx

खोला किनारमा फेला पर्यो बेपत्ता महिलाको शव


खोटाङ्ग, पुस २९
गएको तीन दिनदेखि बेपत्ता रहेकी एक महिलाको शव खोला किनारमा फेला परेको छ । खोटाङ्गको ऐंसेलुखर्क-१ अन्तर्गत राखाबांदेलमा बस्ने ५२ वर्षीया निम्दु तामाङ्गको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङ्गका प्रहरी नायबउपरीक्षक लोकदर्शन थापाका अनुसार तामाङ्गको शव स्थानीय लिदिंग खोलामा तैरिरहेको अवस्थामा बिहीबार फेला परेको हो । प्रहरीले मृतक महिला तीन दिनअघि माइत जान भनी ऐंसेलुखर्क-३, ओढारेतर्फ जानेक्रममा सम्पर्कबिहिन भएकी थिइन् । महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Loading...