fbpx

पाँचथरवासीले पाउने भए राष्ट्रिय परिचयपत्र

 पाँचथर, पुस २९
पाँचथरका नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनका लागि सम्बन्धित निकायका अधिकारी सम्मिलित टोली पूर्वतयारीमा जुटेको छ । पाँचथरकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंका अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी अधिकृत रामकृष्ण सुवेदीको नेतृत्वमा गठन भएको समितिले राष्ट्रिय परिचयपत्र वितरणको योजनाबारे जिल्लाका निर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गरी सुझाव लिएको छ ।

जनप्रतिनिधिसँगको छलफलपछि केन्द्रका अधिकारीहरूले आगामी फागुनको पहिलो सातासम्म घरदैलोमार्फत् परिचयपत्र जारी गर्नुपर्ने नागरिकको यथार्थ तथ्यांक प्राप्त गरी सोहीबमोजिम गृह मन्त्रालयले मुद्रण गरी पठाएको परिचयपत्र चैतको अन्तिम साताबाट सबैमा वितरण गर्न सुरु गर्नेगरी कार्ययोजना बनाएका छन् । पहिलो चरणमा जिल्लाभरका एक लाख १७ हजार नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने भएका छन् ।

प्रतिक्रिया

Loading...