राकिटिकले बार्सिलोना छाड्ने संकेत !

0

एजेन्सी, पुस २८
स्पेनिस बार्सिलोनाका पहिलो रोजाइका मिडफिल्डर इभान राकिटिकले क्लब छाड्ने सम्भावना बढेको छ । टिममा अक्सर पहिलो रोजाइमा पर्दै आएका क्रोएसिएन मिडफिल्डरले पछिल्लो समय क्लबमा ब्राजिलियन मिडफिल्डर फिलिपे कोटिन्हो अनुबन्ध भएसँगै क्लब छाड्ने चर्चा बढेको हो ।

बार्सलोनाले गत साता मात्रै २५ वर्षीय ब्राजिलियन स्टारलाई १ सय ६० मिलियन युरोमा अनुबन्ध गरेको थियो । पहिल्यैदेखि कोटिन्होको पक्षमा नदेखिएका २९ वर्षीय क्रोएसियन खेलाडीले कोटिन्होको आगमनपछि आफ्नो भविष्य संकटमा पर्ने बुझेका छन् ।

केही दिनअघि मात्रै उनले बार्सिलोनाले कोटिन्होका लागि खर्चेको रकम निकै बढी भएको भन्दै असन्तुष्टि पाखेका थिए ।

कोटिन्हो बार्सिलोनामा अनुबन्ध भएपछि टिमका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले पनि उनको खुलेरै प्रशंसासमेत गरेका थिए । त्यत्ति मात्रै हैन, उनले कोटिन्हो टिमका लागि प्रमुख खेलाडी भएको बताएपछि राकिटिकको निराश भएको बताइन्छ ।

यस्तो अवस्थामा अब आफ्नो ठाउँ कोटिन्हाले लिन सक्ने बुझेर राकिटिकले आगामी समरमा क्लब छाड्ने मनस्थिति बनाएको खबर ‘गोल’ छापेको छ । समाचारमा दाबी गरिएअनुसार राकिटिकलाई अहिले इंग्लिस क्लब आर्सनलदेखि इटालियन क्लब युभेन्टसले समेत आँखा लगाइरहेका छन् ।

जारी सिजनमा राकिटिकले बार्सिलोनाका मात्रै दुई खेल खेलेका छैनन् । कोपा डेल रे अन्तर्गत दुई खेलमा दोस्रो रोजाइका खेलाडी खेलाउँदा उनीलगायत प्रमुख खलाडी टिमबाहिर रहेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW