Nepali News Portal

कोपा डेल रे क्वार्टरफाइनल ड्र सार्वजनिक : बार्सिलोना इस्पान्योल र रियल लेगानेससँग भिड्ने

0

विराटनगर, पुस २८
स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम आठको ड्र सार्वजनिक भएको छ । शुक्रबार स्पेनमा सार्वजनिक भएको क्वार्टरफाइनल ड्रअनुसार गत वर्षको उपाधि विजेता बार्सिलोनाले इस्पान्योल प्रतिस्पर्धी पाएको छ ।

त्यस्तै, रियल मड्रिडले लेगानेस प्रतिस्पर्धी पाएको छ । यता, अर्को ठूलो क्लब एथ्लेटिको मिड्रडले सेभिल्ला प्रतिस्पर्धी पाउँदा भ्यालेन्सियाले अलाभेस प्रतिस्पर्धी पाएको छ ।

अलाभेस गत वर्ष फाइनल खेलेको टिम हो । उसलाई बार्सिलोनाले हराउँदै उपाधि जितेको थियो ।

अन्तिम आठअन्तर्गत पहिलो लेगको खेल जनवरी १६ देखि १८ सम्म खेलाइने छ । त्यसपछि दोस्रो लेगका खेल जनवरी २३ देखि २५ सम्म खेलाइनेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...