Nepali News Portal

अमेरिकाले सहयोग रोक्ने भएपछि पाकिस्तान तनावमा

0

 एजेन्सी, पुस २८
अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने निर्णय गरेपछि त्यस विषयमा पाकिस्तानमा व्यापक मात्रामा चर्चा सुरु भएको समाचार छ । विगत लामो समयदेखि दिँदै आएको सहयोग अमेरिकाले रोक्ने हालै जनाएको थियो ।

पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहका विरुद्धको कारबाहीलाई सशक्त बनाउन नसकेको भन्दै आफूले दिँदै आएको सो सहायता रोक्ने निर्णय गरेको समाचार हालै आएको थियो । अमेरिकी राष्ट्रपतिले गरेको सो निर्णयपछि यसका कारण कुन-कुन क्षेत्रमा के-कस्तो प्रभाव पार्ने हो भन्ने बारेमा पाकिस्तानमा चर्चा सुरु भएको समाचारमा जनाइएको छ । यद्धपी, अमेरिकाले भने कुन-कुन क्षेत्रको सहयोग के-कति मात्रामा रोक्ने हो भन्ने बारेमा भने केही बताएको छैन । पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरूद्धमा पाकिस्तानले सशक्त रूपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप छ ।

उनीहरूका विरूद्ध सशक्त रुपमा कारबाही नगर्दासम्म अमेरिकाले दिँदै आएको उक्त सहायता निलम्बन गर्ने अमेरिकी विदेश मन्त्रालयले बताएको समाचारमा जनाइएको छ । अहिले नै के-कति मात्रामा उक्त सहायता रकम वा सहायता रोक्न लागिएको हो भन्ने बारेमा अमेरिकाले पनि केही भनेको छैन । आफैँ पनि आतङ्कवादका विरुद्धमा लडिरहेको पाकिस्तानका लागि भने यस रकमले पनि ठुलो असर पार्न सक्ने देखिएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको हिंसात्मक हमलापछि पाकिस्तान पनि आतङ्कवाद विरूद्धको अमेरिकी अभियानमा जोडिएको थियो ।

त्यस समय अल-कायदा भनिने आतङ्कवादी संगठनले न्युयोर्कमा हमला गरेको थियो । सो हमलाका विरोधीहरूलाई कारबाही गर्ने भन्दै पाकिस्तानले अमेरिकाबाट अरबौँ डलर सहायता प्राप्त गर्ने गरेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...