ट्रम्पको भाषाले हाइटीलाई पिरोल्यो

0

 एजेन्सी, पुस २८
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गरेको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको समाचार छ । अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धि एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उनले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गरेको बताइएको छ ।

सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उनले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेको बताइएको छ । ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग भएको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले ती देशका नागरिकलाई किन अमेरिका आउन दिनुपर्यो भनी प्रश्न गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गरेको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख गरिएको छ । उनले उक्त बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेको बताइएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW