भारतद्वारा रकेट प्रक्षेपण सफलतापूर्वक सम्पन्न

0

 एजेन्सी, पुस २८
भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ । ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ ।

यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो । भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएका ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन् । भू–उपग्रहलाई पृथ्वीको अवलोकनका अतिरिक्त सञ्चार सम्पर्कका लागि पनि प्रयोग गरिने प्राप्त समाचारमा जनाइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रक्षेपणको सफलता भारतका लागि एउटा गौरवपूर्ण उपलब्धि हो भनेका छन् । यसअघि भारतले गत वर्षको फेब्रुअरी महिनामा गरेको पीएसएलभी -सी ३९ नामक मिसनको प्रक्षेपण विफल भएको थियो । यस पटकको यो सफालताबाट समग्र देशबाशीमानै खुसी थपेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदीले दिएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW