बार्सिलोनाले भित्र्यायो अर्का नयाँ खेलाडी, को हुन् मिना ?

0

एजेन्सी, पुस २८
गत साता मात्रै ब्राजिलियन स्टार फिलिपे कोटिन्हो अनुबन्ध गरेको बार्सिलोनाले अर्का नयाँ खेलाडी अनुबन्ध गरेको छ । बार्सिलोनाले बुधबार नयाँ डिफेन्डर भित्र्याएको हो ।

बार्सिलोनाको वेबसाइटमा प्रकाशित समाचारअनुसार क्लबले कोलम्बियन डिफेन्डर एरी मिनालाई अनुबन्ध गरेको हो । ब्राजिलियन क्लब पालमेरिएसबाट खेलिरहेका मिनालाई बार्सिलोनाले ११.८ मिलियन युरोमा अनुबन्ध गरेको बताइएको छ ।

क्लबका अनुसार मिना र बार्सिलोनाबीच साढे ५ वर्षका लागि सम्झौता भएको छ । मिनाको रिलिज क्लज १०० मिलियन युरो राखिएको छ ।

अब बार्सिलोनाले मिनालाई अर्जेन्टनी जाभिर मास्चेरानोको स्थानमा उतार्ने सम्भावना छ । २३ वर्षीय मिना रक्षापंक्तिमा निकै बलिया मानिन्छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...