समाजलाई सुशासन सिकाउँदै कानूनका विध्यार्थी

0

 मोरङ, पुस २८
स्थानीय तह र सुशासनको विषयमा विराटनगर र इटहरीका स्कुल र कलेजका विध्यार्थीलाई प्रशिक्षण दिइएको छ । काठमाडौ स्कुल अफ ल र नेपाल कानून विध्यार्थी संजाल (नेल्सा) को सहकार्यमा यहाँका एक दर्जनभन्दा बढी विध्यालयका विध्यार्थीलाई प्रशिक्षण दिइएको यस कार्यक्रममा सहभागी प्रशिक्षक पुकार दाहालले जानकारी दिए ।

विराटनगर क्षेत्रका ब्राइट भिजन ल कलेज ,सिद्दार्थ शिशु सदन ,ज्ञान सारथि विद्या पिठ ,आदर्श मा.वि. र इटहरी क्षेत्रका श्री शारदा मा. वि. लगायत अन्य विध्यालयमा ‘स्थानीय तह र सुशासन’ विषयको प्रशिक्षण दिइएको प्रशिक्षक दाहालले बताए । प्रशिक्षणको लागि नौ जनाको टोली बनाइएको छ ।

टोलीमा सहभागी प्रशिक्षकहरूमा पुकार दाहाल ,विजया नेपाल ,आनन्द् दाहाल ,ज्योती बोगटी ,समिता खड्का ,आकृती दाहाल, समिक्षा भट्टराई ,प्रतीक्षा यादव र आशिका चापागाईं रहेका छ्न् । अब माघे संक्रान्तिपछि यस क्षेत्रका सामुदायिक र संस्थागत विध्यालयमा अझ सशक्त रूपमा प्रस्तुत भएर प्रशिक्षण दिने सदस्य दाहालको भनाइ छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...