अतिक्रमणको चपेटामा पर्यटकीयस्थल

0

 उत्तम पेख्रेल
बेलबारी, पुस २८
मोरङका दुई पर्यटकीयस्थल अतिक्रमणको चपेटामा परेका छन् । धनपालगढी तथा झलझली सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेका हुन् । संरक्षणको अभावमा ३५ बिघा जग्गा रहेको गढीको ६ बिघा अतिक्रमण भइसकेको छ ।

गौचरनका रूपमा परिणत भएको पर्यटकीय क्षेत्र संरक्षणको पर्खाइमा रहेको छ । त्यस्तै, बेलबारी-८ र१० को सिमानामा रहेको झलझली सिमसार क्षेत्र पनि अतिक्रमणको चपेटामा परेको छ । २० बिघाभन्दा बढी जग्गा रहेको उक्त सिमसारको अधिकांश जग्गा अतिक्रमण भएको छ । संरक्षणको अभाव हुँदा राजमार्ग आसपासमा रहेका पर्यटकीयस्थलको मात्रै संरक्षण भएको छ । उत्तरी मोरङमा रहेका बेतना सिमसार, बेतनी सिमसार र हसिना सिमसार क्षेत्र मात्रै अहिले संरक्षणमा रहेका छन् । संरक्षणसँगै आम्दानीसमेत राम्रो गरिरहेका छन् । धनपाल राजाले राज्य गरेको दरबार रहेको स्थानका रूपमा लिइएको धनपालथानगढीको विकासका लागि केही बजेट आएपनि त्यसले पोखरी सफा गर्ने र तारको घेराबारा गर्नेबाहेक अन्य काम हुन सकेको छैन ।

पर्यटन कार्यालय काकडभिट्टाले सात लाख रुपैयाँ, जिल्ला वन कार्यालय मोरङले चार लाख रुपैयाँ तथा जिल्ला विकास समितिले दुई लाख रुपैयाँ दिएका थिए । सातवटा पाखेरी रहेको उक्त क्षेत्रमा अहिले तीनवटा मात्र पोखरी रहेका छन् । अन्य चारवटा पोखरी भने भत्किसकेका छन् । झलझलीमा तीनवटा पोखरी रहेपनि सबै संरक्षणको अभावममा रहेका छन् । खालि जग्गा देख्नेबित्तिकै सुकुम्बासी भन्दै बस्ने गरेकाले संरक्षण गर्न समस्या हुने गरेको डाँगीहाट गाउँपालिकाका पूर्वउपाध्यक्ष प्रतिमान थापामगरले बताए । अन्य छेउछाउमा जग्गा हुनेले समेत अतिक्रमण गर्ने गरेको उनले बताए । पर्यटीय क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि समेत बजेट नआउने गरेको थापाले बताए ।

धनपाल राजाको दरबार केही वर्ष अघिसम्म रहेपनि अहिले भग्नावशेषसमेत छैन ।धनापाल राजाले पूजा गर्ने एउटा मन्दिर मात्र अहिले सो क्षेत्रमा रहेको छ । सातवटा पोखरी रहेको धनपालगढीमा अहिले तीनवटा मात्र पोखरी रहेका छन् । अन्य चारवटा पोखरी भने संरक्षणको अभावमा पुरिइसकेका छन । उर्लाबारीमा रहेको बेतनी सिमसार, बेलबारीमा रहेको बेतना सिमसार र सुन्दरहरैंचामा रहेको हसिना सिमसार भने मोरङका राम्रा पर्यटकीयस्थलका रुपमा परिचित छन् ।

सामुदायिक वन सिमसारको संरक्षणमा
वनमा रहेको पानीको स्रोत पहिचान गर्नसमेत वनहरूले अग्रसरता देखाउन थालेका छन् । उपभोक्ताहरूले वन संरक्षणसँगै आय-आर्जनका कार्यक्रमसमेत सन्चालन गरिरहेका छन् । समितिले काम गर्न नसके जग्गा लिजमा लिएर भएपनि पोखरी खनेर बोट चलाउने, पिकनिकस्थल बनाउने, पिङहरू हाल्नेजस्ता योजना रहेको बागदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र थापाले बताए । वनहरूले कार्ययोजना नै बनाएर यसमाथि काम गर्न थालेका छन् ।

रमिते डाँडामा पर्यटकीय क्षेत्र विस्तारका लागि भ्यु-टावरको अवधारणासमेत उक्त समितिले अघि सारेको रमिते सामुदायिक वन उपभोक्ता समितका अध्यक्ष प्रेम राईले बताए । मोरङमा १ सय २६ वटा सामुदायिक वन रहेका छन् । अधिकांश सामुदायिक वनहरूको कार्ययोजनामा पर्यटक भित्रयाउने विषय समावेश रहको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW