राजीनामा बुझाउँदै सरकारबाट बाहिरियो माओवादी केन्द्र

0

काठमाडौं, २८ पुस – माओवादी केन्द्रले सरकारका रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई हालको सरकारमा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पोखरेलले सरकारबाट बाहिरिने व्यहोराको प्रत्र बुझाएका हुन् ।

माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका नौ मन्त्री र सात राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा विनाविभागीय मन्त्री बनाएका थिए । विनाविभागीय मन्त्री बनेको ८६ दिन पछि माओवादी मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

वाम तालमेलसहित चुनावमा गएपछि माओवादीलाई सरकार छोड्न दवाब परेको थियो । तर, देउवा नेतृत्वको सरकारले चुनाव नगरान सक्ने भन्दै चुनावको सुनिश्चितता भएपछि मात्र राजिनामा दिए बताएपनि चुनाव सकिएको एक महिनापछि माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् ।

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिएका कारण नैतिकताका आधारमा राजीनामा दिएको पोखरेले बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW