भोजपुरको इस्ट्रन हाइड्रोपावरको विषयमा अख्तियारमा उजुरी

0

 भोजपुर, पुस २८
भोजपुर नगरपालिका- ६, पालुवास्थित पिखुवा खोलामा निर्माणाधीन इस्ट्रन हाइड्रोपावरको विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । हाइड्रोपावर निर्माणको क्रममा पिखुवा खोलामा बनेको पक्कि पुललाई असर पर्ने भन्दै अख्तियारमा उजुरी परेपछि छानविन सुरु भएको हो ।

पुलको नजिकै ठुलो क्यानल ( खाल्डो) खनिएको र त्यसले पुललाई समेत असर पर्ने भन्ने उजुरी परेपछि त्यसको विषयमा छानबिन सुरु भएको छ । छानबिनको लागि पुलसम्बन्धि जिल्ला समन्वय समितिको प्रतिवेदन र हाइड्रोपावरसँग पनि आईई र डीपीआर रिपोर्ट मागिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । उजुरी परेलगत्तै सो क्षेत्रको स्थलगत अनुगमन गर्दा जिल्ला समन्वय समिति र हाइड्रोपावर निर्माण कम्पनी दुवै पक्षले एक आपसमा समन्वय नगरी काम गरेको देखिएको उनको भनाइ छ ।

उनले भने ‘सो हाइड्रोपावरको विषयमा अख्तियारमा उजुरी परेको छ, उजुरी परेलगत्तै स्थलगत रुपमा मैले अनुगमन गर्दा दुवै पक्षको कमजोरी देखिएको छ, किनकी पुलको नजिकै त्यति ठुलो खाल्डो खन्दा जिल्ला समन्वय समितले पनि चासो दिनुपर्ने, र ठेकेदारले पनि जानकारी गराएर मात्र काम सुरु गर्नुपर्ने तर त्यस्तो पाइएन ।’दुवै पक्षबाट आएको कागजातको आधारमा प्रारम्भिक रिर्पोट तयार गरेर अख्तियारमा पठाउने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

कुनै पनि जिल्लाको अख्यिारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छ । इस्ट्रन हाइड्रोपावर लिमिटेडले २०६२ सालबाट विध्युतगृह निर्माणको काम सुरु गरेको थियो । एक अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनाको काम २०७६ सम्ममा सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर रोशन शाहले जानकारी दिए ।

सो आयोजनाबाट ५ मेगावाट विध्युत उत्पादन हुने श्रेष्ठको भनाइ छ । हाल निर्माणको काम तीव्र गतिमा भइरहको जनाइएको छ । इन्जिनियर शाहका अनुसार समग्र भोजपुरमा एक दशमलव ५ देखि २ मेगावाटसम्म बिजुली आवश्यक रहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW