युइएफए टिम अफ् दि इयरमा रियलबाट ५ जना परे, बार्सिलोनाबाट मेस्सी मात्रै !

0

विराटनगर, पुस २८
फुटबल समर्थकले अनलाइनबाट गरेको भोटिङका आधारमा टिम अफ् दि इयर–२०१७ घोषणा गरिएको छ । टिममा सुपरस्टार खेलाडीले स्थान बनाएका छन् । त्यस्तै, वर्षको टिममा अधिकांश खेलाडी ला लिगाका रहेका छन् ।

युइएफए डटकमले जनाएअनुसार वर्षको उतकृष्ट टिम छान्न ८.८ मिलियन समर्थकले अनलाइन भोट गरेका थिए । यसपटक झेरको भोट अहिलेसम्मकै बढी भएको बताइएको छ ।

सार्वजनिक गरिएको टिममा डिफेन्डिङ युरोपियन च्याम्पियन रियल मड्रिडका पाँच खेलाडीले स्थान बनाउँदा बार्सिलोनाले एकजना मात्रै परेका छन् । टिममा रियलका स्टार क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लिओनल मेस्सी स्ट्राइकरमा छनौट हुँदा पिएसजीका नेइमार भने यो सूचीमा परेका छैनन् ।

यी हुन् टिम अफ् दि इयरमा परेका खेलाडी :

जियानलुइजी बुफोन (युभेन्टस र इटाली)
ड्यानी आल्भेस (पिएसजी र ब्राजिल)
सर्जियो रामोस (रियल म्याड्रिड र स्पेन)
जर्जियो केलिनी (युभेन्टस र इटाली)
मार्सेलो (रियल मड्रिड र ब्राजिल)
केभिन डी ब्रयन (म्यानचेस्टर सिटी र बेल्जियम)
टोनी क्रुस (रियल मड्रिड र जर्मनी)
लुका मोड्रिक (रियल मड्रिड र क्रोएसिया)
इडन हाजार्ड (चेल्सी र बेल्जियम)
लिओनल मेसी (बार्सिलोना र अर्जेन्टिना)
क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड र पोर्चुगल)

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW