बोर्ड पदाधिकारीको विज्ञतामा प्रश्न

0

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पाँच पदाधिकारीको शैक्षिक योग्यता र विज्ञतामा प्रश्न उठाएको छ । समिति बोर्डमा अध्यक्ष र चार सदस्य छन् । महालेखाले सदस्यहरुको विज्ञता माथी प्रश्न उठाएको हो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले ०७३ फागुन पहिलो साता अध्यक्ष र सदस्य नियुक्त गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले समितिका अध्यक्षसहित सदस्यको शैक्षिक योग्यता र विषयगत अनुभव विवरण समिति र वन मन्त्राचलयले उपलब्ध नगराउँदा अध्ययन र विश्लेषण गर्न नपाइएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

लेखा परीक्षकलाई समितिका पदाधिकारीहरुको योग्यता र अनुभव विवरण उपलब्ध नगराइनुले उनीहरुको शैक्षिक योग्यता र विषयगत ज्ञानमा आशंका उत्पन्न भएको हो ।
आजको नागरिक दैनिकमा खबर छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...