Nepali News Portal

सेल्टालाई हराउँदै बार्सिलोना पुग्यो अन्तिम आठमा, मेस्सीले गरे २ मिनेटमा २ गोल

0

विराटनगर, पुस २८
स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले अर्को शानदार जित निकालेको छ । प्रतियोगिताअन्तर्गत राउन्ड १६ को दोस्रो लेगमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि ५–० को जित निकालेको हो ।

यो खेलमा मेस्सीले २ मिनेटमा २ गोल गरे । त्यस्तै, लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले १–१ गोल गरे ।

खेल सुरु भएको १५ मिनेटमा मेस्सीले २ गोल गरिसकेका थिए । उनले १३औं र १५औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि अल्बाले २८औं मिनेटमा गोल गर्दा स्वारेजले ३१औं मिनेटमा अर्को गोल थपे । तब बार्सिलोनाले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

चौथो राकिटिकले खेलको ८७औं मिनेमा गरेसँगै बार्सिलोनाले दोस्रो लेगमा ५–० ले विजयी भयो । अघिल्लो लेग १–१ मा भएकाले बार्सिलोनाले समग्रमा ६–१ को जित निकाल्यो । यो जितसँगै जारी सिजनमा बार्सिलोनाले अपराजित यात्रा जारी नै राखेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...