Nepali News Portal

सञ्चारकर्मी सञ्चार सहकारीको साधारणसभा

0

विराटनगर ÷ सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष ४९ लाख रूपैयाँ बराबरको कारोबार गरेको छ । छ वर्षअघि स्थापना भएको सञ्चारकर्मीहरूको सहकारी संस्थाले आर्थिक वर्ष २०७३–७४ मा ४९ लाख रूपैयाँ बराबरको कारोबार गरेको हो ।

सहकारीको बिहीबार आयोजित छैटौँ साधारणसभामा अध्यक्ष मोहन भण्डारीले प्रतिवेदन सार्वजनिक गर्दै कारोबारबारे जानकारी दिएका हुन् । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीले उत्कृष्ट बचतकर्तातर्फ शान्ति दाहाल र असल ऋणीतर्फ अनुजलाल कर्णलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सहकारीभित्र रहेका विकृतिहरूलाई चिर्दै अगाडि बढ्नु पर्ने बताए । समाजको विकासमा सहकारीको योगदान उल्लेख्य भए पनि कतिपय सहकारी संस्थाका कारण यस क्षेत्रमा विकृति सिर्जना भएको उनको भनाइ छ ।

उद्घोष दैनिकमा खबर छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...