राजसतिको कारोवार ७९ लाख

0

विराटनगर ÷ मोरङको बुढीगंगा गाउँपालिका – १ टंकीसिनवारीमा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले आर्थिक वर्ष २०७३÷०७४ मा ७९ लाख १७ हजार ८ सय ५४ रुपैयाँ आम्दानी गरेको छ । टंकीसिनवारीको जेसीज भवनमा बिहीबार भएको १७ औं वार्षिक साधरण सभामा सो बरावरको सहकारीले आम्दानी गरेको जानकारी गराएको हो ।

७ सय ४३ जना सेयर सदस्य रहेको उक्त सहकारीको शेयर पूजी ७७ लाख ७३ हजार १ सय पुगेको छ भने बचत निक्षेप ४ करोड ३७ लाख ७१ हजार ३ सय ६५ रहेको सहकारीको अध्यक्ष तारादेवी राईले जानकारी दिनुभयो । सहकारीकामा आवद्ध भएका सेयर सदस्यहरुले नियमित, मार्सिक, समूह, ऐच्छिक, विशेष, खुत्रुके तथा विशेष आबधिक बचत राख्ने गरेका छन् ।

‘क्षरिएर रहेको पूजीलाई एकिकृत गर्न सहकारीले अहम भूमिका निभार्ह गरेको छ,’ अध्यक्ष राईले भनिन्, ‘यस सहकारीले विभिन्न किसिमको बचत योजनाहरु ल्याएको छ । त्यही योजना अनुसारको बचतहरु अहिले सञ्चालन छ ।’ सोही अवसरमा सहकारीले एक दर्जन जेष्ठ बुवा तथा ससुराहरुलाई सम्मान गरेको छ । ७५ वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई सहकारीले सम्मान गरेको हो । त्यस्तै ७ जना एकल महिला, ४ जना जेष्ठ महिला शेयर सदस्य तथा निजी तथा सामुदायिक विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सहकारीले सम्मान गर्यो ।
जनविद्रोह दैनिकमा खबर छापिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...