जुत्ता-चप्पल मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता

0

मोरङ, पुस २७
जुत्ता-चप्पल व्यवसायीहरूको साझा संस्था नेपाली जुत्ता घरको आयोजनामा मोरङको विराटनगर महानगरपालिकास्थित जैन भवन परिसरमा सुरु भएको जुत्ता-चप्पल व्यापार मेला-२०७४ बाट महानगरवासी लाभान्वित भएका छन् ।

निम्न आयस्तर भएका जनतालाई जाडोको समयमा सस्तो मूल्यमा जुत्ता-चप्पल उपलब्ध गराउने उद्देश्यले सुरु भएको यस मेलामा न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम आठ हजार पाँच सय रुपैयाँसम्मका जुत्ता-चप्पलहरू बिक्रीका लागि राखिएका छन् ।

मेला अवधिभरमा तीन करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्यका साथ सुरु भएको मेलामा दैनिक पाँच हजारजनासम्म अवलोकनकर्ता आउने गरेको आयोजकको भनाइ छ । मेलामा दैनिक तीन हजार पाँच सय जोर जुत्ता-चप्पलको कारोबार हुने गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आयोजकले प्रत्येक उत्पादनको खरिदमा ७५ रुपैयाँदेखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराउँदै आएको छ ।

यसका साथै लक्की ड्रमार्फत् प्रत्येक दिन पाँच जना भाग्यशाली ग्राहकलाई उपहारस्वरूप हातेघडी प्रदान गर्ने गरिएको छ । गत १५ गतेदेखि लक्की सुरु गरिएको आयोजकले जानकारी दिएको छ । पुरस्कार विजेतालाई टेलिफोन सम्पर्क गरी पुरस्कार प्रदान गर्ने गरिएको छ ।

हाइलाइफ शुज एण्ड स्लिपरले प्रायोजन गरेको मेलामा हाइलाइफ ब्रान्डका कुनैपनि ब्रान्डेड जुत्ता-चप्पलको खरिदमा एक जोर हवाइ चप्पल नि:शुल्क उपलब्ध गराइन्छ । मेलामा शिखर शु, बि. एफ. डियर हिल, शु ल्याण्ड, क्रसरोड र हाइलाइफ गरी पाँचवटा जुत्ता उत्पादक कम्पनीका उत्पादनहरू राखिएका छन् ।

माघ ६ गते सम्म लाग्ने मेलामा आफ्ना ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराई बजारको मनोमानी मूल्यबाट बचाउने उद्देश्यले मेला आयोजना गरेको आयोजकको भनाइ छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW