fbpx

लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजको पदस्थापन 

 उर्लाबारी, पुस २७
मोरङको उर्लाबारीमा विहीबार लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजको पदस्थापन तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ उर्लाबारी आस्थाको प्रायोजनमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजका पदाधिकारीहरूको पदस्थापन गर्नुका साथै क्लबमा रहेका सबै २४ जना सदस्यलाई सपथ ग्रहण गराइएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथी लायन्स क्लबका डिष्ट्रिक गभर्नर लीलाकुमार ढुंगेलले पदस्थापन तथा सपथ ग्रहण गराएका थिए । लायन्स क्लब अफ उर्लाबारी आस्थाकी अध्यक्ष सम्झना खतिवडा (आचार्य)  को अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, विशिष्ट अतिथी उपउपप्रमुख लक्ष्मीदेवी भण्डारी, लायनहरु इन्द्र खत्री,  शिव रिजाल, रेवतबहादुर कार्की, विजयहरी शर्मा, तेजकुमार रिजाललगायतले बोलेका थिए ।

प्रतिक्रिया

Loading...