भाइरल ज्वोरो आएको समयमा गर्न नहुने कुराहरु यस्ता छन्

0

 

भाइरल ज्वोरो मौसम परिवर्तन हुने समयमा देखा पर्ने एउटा ठुलो समस्या हो । यस ज्वोरोको कारण मानिसहरुको ज्यान पनि जान सक्छ । यस समयमा हाम्रो सानो लापरवाहीले पनि स्वास्थ्यमा ठुलो समस्या ल्याउन सक्छ । त्यसैले यो रोगको समयमा नै सही पहिचान गरेर सही तरिकाले उपचार गर्न जान्नुपर्छ । भाइरल ज्वोरो आएको समयमा मानिसहरुले विभिन्न प्रकारका गल्तिहरु गरिरहेका हुन्छन् । खास गरी यस समयमा के गर्ने र के नगर्ने भन्ने कुराको जानकारी नहुँदा यस्तो हुने गर्छ ।

यस रोगका लक्षणहरु यस प्रकार छन् :

१) ज्वरो,

२. शरीर जिरिङ्ग (जाडो हुने),

३. टाउको, जिउ र जोर्नी दुख्ने,

४. घाँटी दुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, बालबालिकालाई बान्ता र पखाला लाग्ने,

५. अनुहार सुन्निने र शरीर अलश्य हुने।

भाइरल ज्वोरो आएको समयमा गर्न नहुने कुराहरु यस प्रकार छन् :

१) एन्टिबायोटिकको प्रयोग आफूखुसी नगरौं ।

२) संक्रमण भएको अवस्थामा सार्वजनिक स्थलहरुमा अति आवश्यक नभई नजाऊ ।

३) आफूले प्रयोग गर्ने समानहरु अरुलाई प्रयोग गर्न नदिऊँ, हात नामिलाऊँ र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दुरी कायम गरेर मात्र कुराकानी गरौं ।

४) शरीर कसिने गरी गह्रुंगा लुगा नलगाउने र कोठाका झ्यालढोका पूर्ण रुपमा बन्द नगर्ने ।

५) भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुक तिर नलागी सकेसम्म स्वास्थ्य संस्थामा पुग्ने कोसिस गरौं ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW