यस्ता छन् ग्यास्ट्रिक हुनुको कारण र यसका लक्षणहरु
ग्यास्ट्रिक नेपालीहरुको साझा रोग हो । खानपिनको समय नमिल्नुको कारण प्राय नेपालीलाई ग्यास्ट्रिक हुने गर्छ । पानी कम पिउने व्यक्तिमा ग्यास्ट्रिकको समस्या बडी हुने गर्छ । मानिसको पेट खाली भएपछी पेटले भोक मेटाउनको लागी ग्यास निकाल्ने गर्छ जसले गर्दा हामीलाई ग्यास्ट्रिक हुने गर्छ ।
ग्यास्ट्रिक हुनुको केही प्रमुख कारणहरु यस प्रकार छन् :
१) असन्तुलित खानपान हो ।
२) खाना बढी खानु ।
३) मसलेदार खानाका साथै, अमिलो, पिरो, चिल्लो बढी खानु ।
४) पानी कम पिउनु वा शरीरमा पानीको मात्र कम हुनु ।
५) धुम्रपान तथा मध्यपान बढी गर्नु ।
६) खाली पेटमा दुध हालेको चिया÷कफी पिउनु ।
७) खाना खाने बित्तिकै सुत्नु ।
८) दिशापिसाब लामो समय रोक्नु ।
ग्यास्ट्रिकका लक्षणहरु यस प्रकार छन् :
१) श्वास फेर्न असजिलो हुने ।
२) मुखमा अमिलो पानी आउने ।
३) पेट फुल्ने , वान्ता आउने , खान मन नलाग्ने , छाती पोल्ने ।
४) दिसा कालो आउने ।
५) खाना अपच हुने ।
६) नाइटो वरपरको भाग दुख्ने ।
७) लामो समय भए तौल घटदै जाने ।