जान्नुहोस दुध पिउने सहि समय र तरिकाहरु

0

 

दुध स्वास्थ्यको लागी निकै लाभदायक चिज हो । यसले हाम्रो शरीरलाई प्रसस्त मात्रामा पौष्टिक तत्व प्रदान गर्छ । त्यसैले हामी प्राय दुध पिउने गर्छौं । तर दुध पिउँदा हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । दूधलाई हामीले सही समय र सही तरिकाले पिउनुपर्छ । यदी दुध सही समयमा पिउन जानिएन भने यो स्वास्थ्यको लागी हानिकारक हुन सक्छ । त्यसैले दुधले हामीलाई दिने स्वास्थ्य लाभ पाउनको लागी हामीले दुध पिउनराम्रो मानिने समय र सही तरिका जान्नु जरुरी छ ।

दुध पिउने सही समय र तरिकाहरु यस प्रकार छन् :

१) दूधलाई मिल्क सेक बनाएर नपिउने : आयुर्वेदका अनुसार दूधलाई मिल्कसेकको रुपमा पिउनु स्वास्थ्यका लागि ठिक छैन । दूधमा काँचो फल, केरा, आप आदि मिलाएर खानु हुँदैन ।

२) दुधमा केरा नमिसाउने : केरालाई दूधसँग मिलाएर खानु हुँदैन किनकी यसबाट शरीरमा टक्सिन जम्मा हुन थाल्छन् । यसले गर्दा रुघा, खोकी, ज्वरो एलर्जी र छालाका समस्याहरु उत्पन्न हुन्छन् ।

३) दुध पिउने विशेष समय : आयुर्वेदका अनुसार हरेक दिन दूध पिउने एउटा विशेष समय हुन्छ । उक्त समयमा दूध पिउँदा तपाईंले बढिभन्दा बढि फाइदा लिन सक्नुहुन्छ । आयुर्वेद विशेषज्ञहरुका अनुसार दूध बिहानै वा राति सुत्नुअघि पिउनु मुनासिब हुन्छ । यसबाट अत्यधिक लाभ लिनका लागि यसमा अश्वगन्धा वा त्रिफला मिलाएर पिउनुपर्छ । यसबाट तपाईंलाई राति राम्रो निद्रा पर्छ भने आँखालाई पनि यसले फाइदा पुग्छ ।

४) रातमा दूध पिउँदाका फाइदा : दूध पिउने सबैभन्दा उपयुक्त समय राति सुत्नुअघि नै हो । आयुर्वेदका अुनसार दूधमा सेडेटिभ गुण पनि हुन्छ जसको कारणले रातमा यसलाई पिउँदा यसमा हुने सेरोटोनिनले अतपाईंलाई शान्त बनाउँछ र राति मिठो निद्रा पर्छ । यसका अलावा दूधमा क्याल्सियमको अत्यधिक मात्रा हुने कारणले यसलाई राति पिउँदा सजिलै शरीरमा अवशोषित हुन्छ ।

५) राती पचाउन नसके बिहान : पुराना मान्यताहरुको कुरा गर्दा दूध बिहान पिउनुपर्छ ताकि यो सजिलै पच्न सकोस । आजकालको जीवनमा जो मानिसहरु एक्सरसाइज गरेपछि बिहान दूधको सेवन गर्छन्, उनीहरुलाई एसिडीटी हुन सक्छ । त्यसैले दूध वा चियाँसँग बिस्कुट-पाउरोटी खान सल्लाह दिइन्छ ।

६) मसल्स बनाउनलाई राति पिउने : आफ्नो मांशपेशी बलियो बनाउन चाहने व्यक्तिहरुले रातमा दूध पिउँदा यसमा हुने प्रोटीनले उनीहरुलाई अत्यधिक फाइदा गर्छ । पोषणविदहरुको भनाईमा राति सुत्नुअघि कुनै पनि कुरा खानाले शरीरमा उर्जाको सञ्चार पनि हुन्छ ।

७) साँझ परेपछि पिउने : साँझ परेपछि कुनै पनि बेला दूध पिउनु स्वास्थ्यका दृष्टिले सुरक्षित मानिन्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW