स्वास्थ्य रहनको लागी हरेक मानिसले जानी राख्नुपर्ने उपायहरु यस्ता छन्

0

 

हरेक मानिस आफु सधैं स्वास्थ्य बह्येको हेर्न चाहन्छन् । स्वास्थ्य रहनको लागी मानिसहरु धेरै कुराहरुमा ध्यान दिने गर्छन् । तर पनि मानिसहरुलाई विभिन्न समस्याहरुले सताही रहेको हुन्छ । हामीले गरेको केही गल्तीले वा हाम्रो दैनिक जीवनशैलीले हामीलाई निरोगी बनाई रहेको हुन्छ । कतिपय मानिसलाई स्वास्थ्य कसरि रहने भन्ने कुराको जानकारी पनि हुदैन । रोग लागेर पछुताउनु भन्दा रोग लाग्न नदिनु जाति हुन्छ ।

स्वास्थ्य र निरोगी रहनको लागी जानी राख्नुपर्ने कुराहरु यस प्रकार छन् :

१) समयमा सुत्ने । प्रात काल अर्थात बिहान उठेर टहल्ने । व्यायाम गर्ने । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिले बिहान शारीरिक श्रम गर्नैपर्छ । वा व्यायाम गर्नैपर्छ ।

२) आफ्नो पाचन तन्त्रलाई स्वस्थ्य राखेर निरोगी हुन सकिन्छ । यसका लागि सही समयमा पौष्टिक आहार लिनुपर्छ ।

३) खाना खानु २० मिनेट अघि पानी पिउने । खाना खाएको समयमा पानी नपिउने । खाना खएको आधा घण्टा पछि मात्र पानी पिउने ।

४) बाहिरी गर्मीबाट आउनसाथ चिसो पानी नपिउने । कुलर वा एसीको हावामा नबस्ने । ओझेलमा बसेर धेरै समय हावा नलिने ।

५) एकग्रता बढाउन र मनलाई शान्त राख्नका लागि ध्यान एवं योगको सहारा लिने । मनलाई शान्त गर्ने ।

६) सुत्नुअघि मनलाई शान्त राख्ने । यसका लागि ध्यान वा योग गर्न सकिन्छ । दिनभरको कुरालाई भुलेर सुत्ने अभ्यास गरौं । सुत्नुअघि कतिलाई पुस्तक पढ्दा निन्द्रा लाग्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...