Nepali News Portal

‘संजोग’ र ‘वर्षा’ अब एउटै पर्दामा देखिने !

0

पुस २७, विराटनगर
लामो समयदेखि प्रेम सम्बन्धमा रमाईरहेका संजोक कोइराला र वर्षा राउत अब एउटै पर्दामा पनि देखिने भएका छन् । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका भूपू-चर्चित नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा यी जोडी मुख्य भुमिकामा अनुबन्धित भएका हुन् । ‘मन्दिरा’ निर्देशक दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको यो चलचित्रमा संजोक र वर्षा नायक/नायिकाको रुपमा देखिनेछन् भने निर्माता शिव श्रेष्ठको पनि विशेष भुमिका रहने छ । चलचित्रका कथा शिव श्रेष्ठ आफैंले लेखेका हुन् ।

शिव श्रेष्ठको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा यशोदा राई र दिनेश दर्शनधारीको संयुक्त रुपमा लगानी रहने छ । चलचित्रका लागि नरेन खड्का, बिष्णु चेम्जोंग लगायतका कलाकारहरु पनि अनुबन्धित भइसकेका छन् । खबर अनुसार हाल चलचित्रको गोप्य रुपमा छयांकन चलिरहेको बताइएको छ भने चलचित्र बाहिरी मुलुकमा पनि छायांकन हुनेछ । अहिले यो चलचित्रबारे पुरा जानकारी आइसकेको छैन तर, निर्माण पक्षले अब चाडैं नै चलचित्रबारे विस्तृत जानकारी दिनेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...