चलचित्र ‘बटरफ्लाई’लाई ‘पिजी’ सर्टिफिकेट !

0

पुस २७, विराटनगर
यहि पुस २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बटरफ्लाई’ले चलचित्र सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । ओमप्रतिक गुरुङ निर्देशित नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको प्रमुख भुमिका रहेको चलचित्र ‘बटरफ्लाई’ हिजो मंगलबार सेन्सर बोर्डका सदस्यहरले हेरेपछि पिजी सर्टिफिकेट दिएका हुन् । अब ‘बटरफ्लाई’ हेर्नका लागि १६ वर्ष उमेर मुनीकाले अभिभावक लिएर जानु पर्ने हुन्छ ।

चलचित्रमा आर्यन र प्रियंकाका अलावा अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, पुरज थापा, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी, माधव पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW