धरानमा इन्जिनियरिङ एक्स्पो सुरु 

0

 धरान, पुस २६
पुर्वाञ्चललाई प्रविधिको क्षेत्रमा विकाश गर्ने उद्देश्यले पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानमा ३ दिने इन्जिनियरिङ एण्ड ईण्डष्ट्रिज एक्स्पो सुरु भएको छ । प्रदेश नम्बर १ स्तरीय तीनदिने इन्जिनियरिङ एण्ड इण्डष्ट्रिज एक्स्पोमा धरान, विराटनगर, सिरहा, सप्तरी, काठमाडौंलगायतका स्थानमा सन्चालित इन्जिनियरिङ कलेजहरूबाट नयाँ प्रविधि प्रर्दशनीमा राखिएको छ ।

पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विध्यार्थीहरूको संस्था नेपाल तराई विध्यार्थी नवजागरण समाजको आयोजनामा बुधबारदेखि २८ गतेसम्म क्याम्पस परिसरमा इन्जिनियरिङका विध्यार्थीले तयार पारेका प्रविधि र उध्योगले प्रयोगमा ल्याएका प्रविधिको प्रदर्शन हुँदैछ । पूर्वका औध्योगिक करिडोरमा इन्जिनियरिङलाई प्रयोग गरेर प्रविधिको विकास गर्न एक्स्पोले मदत पुर्याएको पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका कृषि इन्जिनियरिङ विभागका उपप्रमुख समिर शाक्यले बताए । पुर्वाञ्चलका मोरङ, सुनसरी र झापाका औध्योगिक क्षेत्रहरूमा इन्जिनियरिङका प्रविधि प्रयोगमा ल्याउन एक्स्पोको महत्वपूर्ण भुमिका रहेको उनको भनाइ छ ।

प्रदर्शनीमा रोबोट, सिभिल, इलेक्ट्रोनिक्स, मेकानिकल, एग्रीकल्चरजस्ता क्षेत्रमा भित्रिएका नयाँ प्रविधिको प्रर्दशनीसँगै त्यसको उपयोगिताको विषयमा सर्वसाधारणलाई जानकारी गराइएको छ । एक्स्पोले इन्जिनियरिङ अध्ययन गरेका विध्यार्थीको सिर्जनालाई बजारीकरण गर्न सहज हुने सहभागी विध्यार्थीको भनाइ छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनी ३ दिनमा २५ देखि ५० हजारको संख्यामा प्रदेश नम्बर १ का इन्जिनियरिङ विषयका विध्यार्थीले अवलोकन गर्ने आशा लिएको आयोजकले जनाएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW