चिसो प्रभावितले पाए न्यानो कपडा

0

 रौतहट, पुस २६
तराईमा बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै रौतहटको परोहा नगरपालिकाकामा न्यानो लुगा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा माउन्टेन सिटी र लायन्स क्लब अफ फेवा सिटीद्वारा संयुक्त रूपमा परोहा नगरपालिकाका वडा नम्बर ८ स्थित मोतिपुर नरकटिया टोलमा दुई सय र वडा नम्बर ९ स्थित रामपुरमा ५० गरी जम्मा २ सय ५० दलित एवं विपन्न परिवारलाई एक-एक थान कम्बल, ज्याकेट र स्वेटर वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल नेपाल ३२५ बि.ए.वन.का डिस्ट्रिक एडभाइजर धनीराम बरालले चिसोको कारण हालसम्म रौतहटमा ६ जनाको मृत्यु भएको खबरले मर्माहत भई  मृत्यु भएको खबरले मर्माहत भई कुनै सहारा नभएका असहाय, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायतलाई लत्ताकपडाको अभाव हुन नदिन आफूहरूले राहत लिएर आएको बताए । कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका अध्यक्ष कृष्णप्रसाद पराजुलीले तराईमा चिसोले जनजीवन कष्टकर बनेको अवस्थामा गरिब, दलित एवम् विपन्न परिवार भएको ठाँउलाई नै लक्षित गरी पोखराबाट राहत स्वरुप न्यानो लुगा सहयोग गर्न पाउनु आफ्ना लागि सौभाग्य भएको बताए ।

कार्यक्रमकी अतिथि लायन्स क्लब अफ फेवा सिटीकी अध्यक्ष लक्ष्मी बरालले एक साताभन्दा लामो समयदेखि चलेको शितलहरले प्रभावित भएका वृद्धवृद्धा, दलितहरूको जिउमा न्यानो लुगा होस् बन्ने उद्देश्यले कम्बल वितरण गर्न आएको बताइन् । कार्यक्रमका स्थानीय सहजकर्ता मधेश प्रदेश अनलाइन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष पत्रकार अभिमन्युकुमार पटेल र स्थानीय सहयोगी लायन्स क्लब अफ रौतहट भिजन नेपाल रहेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...