fbpx

मिस विराटनगरको दोस्रो संस्करण आयोजना गरिने

मोरङ, पुस २६
मोरङको विराटनगरस्थित एम्स कलेजमा आगामी शनिबार मिस विराटनगरको दोस्रो संस्करणका लागि अडिसन सन्चालन हुने भएको छ । मयुर इन्टरटेनमेन्टले मिस्ट्री डान्स गाइजसँगको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगितामा सहभागी प्रतियोगीमध्ये विजेताले मिस एसियाको २५औं स्थानमा सोझै पहुँच पाउने छन् ।

मिस एसियामा एसिया महाद्वीपका विभिन्न देशबाट प्रतियोगी आउने गर्छन् । यसका अतिरिक्त प्रतियोगिताका विजेता तथा दुई उपविजेतालाई विभिन्न म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने छ । यसैगरी, तीनजना उत्कृष्ट प्रतिस्पर्धीको फोटो साप्ताहिकको मध्यपृष्ठमा प्रकाशित गरिने आयोजक संस्था मयुर इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले जानकारी दिए।

प्रतियोगिताका सहभागीलाई मिस एसिया समिक्षा श्रेष्ठले १० दिनसम्म व्यक्तित्व विकासको प्रशिक्षण दिने छिन् । साथै, प्रतियोगीहरूले मिस नेपालका फोटोग्राफर विनोद पोखरेलबाट फोटोग्राफीको प्रशिक्षण पाउने छन् । पोखरेलले नै प्रतियोगीको फोटोसुटको काम पनि गर्नेछन् । प्रतियोगिताले प्रतियोगीमा आत्मविश्वास जगाई सामाजिक क्षेत्रमा स्थापित गर्न सहयोग गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

Loading...