fbpx

कोठामा निसासिएर दुई बालिकाको मृत्यु

 सुनसरी, पुस २६
इटहरी उपमहानगरपालिका-६ स्थित नेपाः भवननजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चाको निसासिएर गएराति मृत्यु भएको छ । अत्यधिक जाडोका कारण डेरा घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरूलाई विराटनगर अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेका छन् । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, इटहरी-१९ की ७० वर्षीया दैतिनीदेवी चौधरीेको जलेर मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ । अत्यधिक जाडो कारण आफ्नै घरमा आगो ताप्ने क्रममा लगाइराखेको साडीमा आगो लागेर मंगलबार साँझ गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Loading...