Nepali News Portal

डा. गोविन्द केसीमाथिको अपहेलना मुद्दाको सुनुवाई प्रारम्भ

0

 काठमाडौं, पुस २६
अदालतको अपहेलना गरेको अभियोगमा हिरासतमा रहेका अनसनरत डा. गोविन्द केसीविरूद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाई बुधबारबाट सुरु भएको छ । केसी विरूद्ध दायर भएको मुद्दाको सुनुवाई न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गर्ने छ ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले वीर अस्पतालबाट अदालतमा उपस्थित गराइएका डा. केसीसँग बयान लिने काम हिजो सम्पन्न गरेपछि सुनुवाईको बाटो खुलेको हो । केसीलाई अदालतको आदेशमा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीको न्याय सम्पादन पूर्वाग्रही रहेकाले उनीमाथि कारबाही गर्नुपर्ने केसीको माग छ । अनसनबारे अदालतमा बयान दिने क्रममा केसीले आफ्नो अनसन न्यायालयविरूद्ध नभई प्रधानन्यायाधीशविरूद्ध लक्षित रहेको प्रष्ट पारेका छन् । मुद्दाको सुनुवाईका क्रममा दुबैतर्फका कानून व्यवसायीले आ-आफ्नो पक्षको बचाउ गर्नेछन् ।

आफूमाथि झुटो आरोप लगाइएको बताउँदै डा. केसीले प्रधानन्यायाधीश पराजुलीको पूर्वाग्रही न्याय सम्पादनका कारण अदालतको अपहेलना भएकोले पराजुलीउपर हदैसम्म्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । मुद्दाको सुनुवाईका क्रममा अपहेलना मुद्दामा दोषी ठहर भए डा. केसीलाई एकवर्ष कैद वा बढीमा १० हजार रुपैयाँ जरिमाना वा दुबै सजाय हुनसक्छ।

यो पनि हेर्नुहोला:
Comments
Loading...